
श्री शिव माध्यमिक विद्यालयको यो वेवसाइट पेजबाट म र मेरो स्थानिय सरकारका विचार एवम अनुभवहरु साट्न पाउँदा खुसी लागेको छ । वेवसाइटको सिर्जनाबाट विद्यालयको इतिहास , शैक्षिक, भौतिक एवम् अन्य गतिविधिलाई अभिलेखबद्ध गर्नका साथसाथै सुभेच्छुक तथा आम पाठक समक्ष लैजान मद्दत पुग्दछ ।
स्थापनाको छोटो समयमा नै शैक्षिक एवम् भौतिक क्षेत्रमा उल्लेखनिय प्रगती गर्न सफल यस शिव माध्यमिक विद्यालयले सिमान्कृत , दलित , जनजाति र अन्य सम्पुणर्का छोराछोरीलाई घर आगनमा गुणस्तरीय शिक्षा प्रदान गरेको छ । यस विद्यालयले शिक्षाको माध्यमबाट समाज विकासका लागि आवश्यक जनशक्ति उत्पादन गर्दै आएको छ । यस विद्यालयले कक्षाकोठामा मात्र होइन जीवनोपयोगि शिक्षा प्रदान गर्दै आएको छ ।
विद्यालयको पृष्ठभूमिको बारेमा केही शब्द राख्दा यो विद्यालय स्थानीय समाजसेवी, बुद्दिजिवि शिक्षा प्रेमी व्यक्तिहरुको विशेष पहलमा जग्गा प्रदान तथा जग्गा हकभोग छोड गरी २०४७ स्थापना गरीएको हो । स्थापनाकाल देखि नै म व्यक्तिगत रुपमा प्रत्यक्ष, परोक्ष कहिले शिक्षक पदमा रही कार्य गरेको छु भने १० बर्ष वि. व्य. स. अध्यक्षको क्षमतामा रही विद्यालयलाई आफ्नो बलबुताले भेटेको नेतृत्व प्रदान गर्ने अवसर प्राप्त गरेको छु । यसको श्रेय सम्पुर्ण सरोकारवाला लाई जान्छ । गर्व लाग्छ शिव मा.वि. आज न्युनतम सम्पूर्ण पूर्वाधारले युक्त छ । अनुशासित विद्यार्थीहरुले भरीभराउ छ । यसको श्रेय सम्पूर्ण शिक्षक मित्रहरुलाई जान्छ ।
यस विद्यालयको शैक्षिक, भौतिक, पूर्वाधार विकासमा सवै सरोकारवालाहरु, विद्यार्थी, शिक्षक, अभिभावक, समाजसेवी, बुद्दिजिवी र यस क्षेत्रको सम्पुर्ण अभिभावकलाई आ–आफ्नो ठाउँबाट थप सहयोग गर्न अपिल गर्दछु । यस विद्यालयको शैक्षिक, भौतिक एवम् सम्पूर्ण पक्षको विकासका लागि मेरो पनि विद्यालयको संरक्षक तथा वडा अध्यक्षको तर्फबाट निरन्तर रहीरहने तर्फ प्रतिबद्धता सहित आगमि दिनमा शिव मा. वि परिवारको भविष्यको शुभकामना व्यक्त गर्दछु ।
तुलसीराम सापकोटा ( वडा अध्यक्ष )
संरक्षक, शिव मा. वि
व्यास–१०, दुम्सीबजार


Leave a Reply