१०:०० - ४:००

आइतबार देखि शुक्रबार

दुम्सी

व्यास-१०, तनहुँ

+९७७ ९८-५६००४०८१

shivamavi2018@gmail.com

123 456 789

info@example.com

Goldsmith Hall

New York, NY 90210

07:30 - 19:00

Monday to Friday

The child has one intuitive aim: self development

विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट सन्देश

आदरणीय सम्पुण अभिभावक, शिक्षक, विद्यार्थी एवम्र सरोकारवाला ज्युहरु ।

यहाँहरुलाई शिव माध्यमिक विद्यालय हार्दीक स्वागत गर्दछ । समुदायको व्यापक सहभागिता र निकायको प्राविधिक सहयोगमा वि.सं. २०४७ सालमा प्रारम्भ भएको शिव मा.वि. विभिन्न आरोह अवरोह पार गर्दै आज यो अवस्थामा पुग्न सफल भएको छ । विद्यालयलाई यो स्थानमा उभ्याउनका लागि अनवरत लागि पर्ने सम्पूर्ण समाजसेवी , शिक्षा प्रेमी , आजिवन संरक्षक सदस्य ज्यूहरु ,जग्गादाता थथ, शिक्षक मित्रहरु र विद्यार्थीहरुलाई धन्यवाद दिन चाहन्छु । शिक्षा नै मानिसको प्रगति र विकासको जग हो । शिव मा.वि. ले बालमैत्री ,भयरहित शिक्षण कार्यबाट बालबालिकाको चौतर्फी विकासको लागि टेवा पु–याएको छ । गरेर सिक्ने सिकाइमा सिकारु स्व उत्प्रेरित भएका छन् । भौतिक पूर्वाधारको सामाजिक अनि संवेगात्मक ,सांस्कृतिक विकास एवम् अनुशासनमा हाम्रा बालबालिका अगाडि छन् ।
शिव मा.वि.को उद्देश्य भनेको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार पार्नु हो । जसका लागि
प्रविधि मैत्री आधुनिक शिक्षण विधिको प्रयोग , दक्ष तालिम प्राप्त शिक्षक व्यवस्थापन , असल शैक्षिक वातावरण र पर्याप्त अतिरिक्त क्रियाकलापको माध्यमबाट सिकारुको चौतर्फि विकासमा जोड दिइएको छ । अन्त्यमा विद्यालयको आजको भौतिक र प्राज्ञिक पूर्वाधारको जगमा उभिएर विद्यालयका लक्ष्यहरु समृद्धिका लागि अभिभावक सहभागितामा गुणस्तरिय शिक्षा , राम्रो पठनपाठन, उत्तम नतिजा, गुणतरीय जीवनका लागि शिक्षा जस्ता मुल्य मान्यतालाई आत्मसाथ गर्दै अगाडी बढ्नेछौ ।

विकाश रिजाल
अध्यक्ष, विद्यालय व्यवस्थापन समिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *