१०:०० - ४:००

आइतबार देखि शुक्रबार

दुम्सी

व्यास-१०, तनहुँ

+९७७ ९८-५६००४०८१

shivamavi2018@gmail.com

123 456 789

info@example.com

Goldsmith Hall

New York, NY 90210

07:30 - 19:00

Monday to Friday

हाम्रो इतिहास

विद्यालयको परिचय

क) ऐतिहासिक पृष्ठभूमि

गण्डकी अञ्चल तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं.१० शिव बजार (दुम्सीबजार) व्यास मार्गदेखि पश्चिम मादीको पूर्वतर्फ शिवलाय मन्दिरको साथमा श्री शिव माध्यमिक विद्यालय अवस्थित रहेको छ । यस विद्यालय तनहुँ जिल्लाको सदरमुकाम देखि उत्तर ६ कि.मि. मा आदिवासी दरै, वोटे तथा अन्य जातजातीको घनाबस्तीको माँझमा रहेको छ । उक्त विद्यालय अज्ञानत अशिक्षा बाट पिल्सिएका आदिवासी दरै, बोटे जातीको बस्ती यस स्थानमा विदयालयको अवश्यकता भएर पनि शुरुवात हुन भने सकेको थिएन तर बसाइ सराइको क्रममा विभिन्न जिल्लाबाट बसाइसराई गर्ने क्रम सँगसँगै विद्यालयको आवश्यकता महशुस गरी विद्यालयको स्थापना नगरे रै पनि गुरुकुल पद्धतीको पठन पाठन शुरु गरिएको पाइन्छ । जब देशमा बहुदलीय स्थापना भएपछि विद्यालयले औपचारिकता मान्यता प्राप्त गरेको पाइन्छ । जस अनुसार वि.सं. २०४७ साल भाद्र २८ गते कक्षा १ को स्वीकृत सँगसँगै एउटा मात्र दरवन्दीबाट शुरु गरिएको विद्यालय क्रमशः वि.सं. २०४९÷४÷१० गते, वि.सं. २०५०÷६ गतेमा कक्षा २, ३ र कक्षा ४, ५ कक्षाको स्वीकृत लिन सफल भएको पाइन्छ ।

विद्यालयको भौतिक पक्षा, शैक्षिक पक्ष एवं आर्थिक पक्ष सुदृढ र सवल बनाउने शिलसिलामा यस विद्यालयका सरोकारवालाको सक्रिय सहभागित एवं लगनशिलता, चाहानामा निम्न माध्यमिक विद्यालय नक्साङ्कन समेतमा नपरेको परिवेशमा नक्साङ्कन समावेश गरी शैक्षिक सत्र २०६१ देखि निम्न माध्यमिक विद्यालयको कक्षा ६ अनुमति प्राप्त गरी संचालन गरिरहेको थियो त्यसैगरी शैक्षिक सत्र २०६२ देखि कक्षा ७ सञ्चालन मा आएको थियो । यसरी २०४७ सालमा स्थापना भएको विद्यालय नि.मा.वि.को अनुमती प्राप्त गर्नका लागि सम्बिन्धत सरोकारवाला जि.शि.का. तनहुँ पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशानालयको सहयोग उल्लेखनीय छ । त्यसैगरी शैक्षिक सत्र २०६८ देखि कक्षा ९ को स्वीकृत लिई मा.वि. तहको पठन–पाठन गर्दै आइरहेको छ ।